• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कस्तो रहला आज दिनभर र राति देशभरको मौसम ?

  • खबरदाता

कस्तो रहला आज दिनभर र राति देशभरको मौसम ?

असोज २५, २०७९

हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २५, २०७९, मंगलवार ०६:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८