• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

गठबन्धन बैठकका आठ सातास् सिट बाँडफाँटमा अझै अन्योल

  • खबरदाता

गठबन्धन बैठकका आठ सातास् सिट बाँडफाँटमा अझै अन्योल

असोज १३, २०७९

 

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्र मिलेर धेरै सिट लिँदा जसपा र नेकपा एसलाई घाटा लाग्ने अवस्था आएको हो। आन्तरिक विवादका कारण सबैभन्दा बढी सिट लिन कांग्रेसलाई सहयोग मिलिरहेका बेला माओवादीले करिब ५० सिटको हाराहारीमा लिएको छ।

 

‘कांग्रेस ८५/८७ सिट, माओवादीले ४७र५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ। बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो लगाएको छैन,’ गठबन्धन निकट स्रोतले भन्यो। सरकारी निवासमा ५५ दिन बैठक बस्दा पनि सत्तारूढ पाँच दलले अझै निकास निकाल्न सकेका छैनन्।

मंगलबार र बुधबार दिनभर गठबन्धन दलका नेताहरू सिट बाँडफाँटका लागि बस्दा पनि मिलाउन सकेका थिएनन्। खासगरी आफू कमजोर रहेका तर यसअघि जितेका स्थानमा माओवादी केन्द्रले नछाडेका कारण सिट बाँडफाँटमा कुरा नमिलेको स्रोतको दाबी छ।

प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले २०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र २०७४ सालको समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको भए पनि कांग्रेसको आन्तरिक झगडाका कारण गठबन्धनभित्र अन्योल देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

  • प्रकाशित मिति : असोज १३, २०७९, बिहीवार ०७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८