• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

डेंगुका कारण चितवनमा एक महिलाको मृत्यु

  • खबरदाता

डेंगुका कारण चितवनमा एक महिलाको मृत्यु

सोज ११, २०७९

 

चितवन- डेंगुको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ बिरेन्द्रनगर निबासी ४० बर्षिया महिलाको डेंगुका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

स्रोतका अनुसार स्थानीय मैलाकालिका पोलिक्लिनिकमा परिक्षणका क्रममा आइतबार डेंगु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा आज दिउँसो २ः५० वजे मृत्यु भएको हो । यस अघि असोज २ गते रत्ननगर नगरपालिका वडा नम्बर १ का २७ बर्षिय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हाल सम्म ७१७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४१ जना चितवनका रहेका छन् । बाहिरी जिल्लाका १६७ जना र ठेगाना नखुलेका १०९ जना रहेका छन् । ४ हजार ३८२ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

  • प्रकाशित मिति : असोज ११, २०७९, मंगलवार २०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८