• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

झापामा ६ लाख ६३ हजार मतदाता कायम

  • खबरदाता

झापामा ६ लाख ६३ हजार मतदाता कायम

अशोज १०, २०७९

 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।

पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन् ।रासस

  • प्रकाशित मिति : असोज १०, २०७९, सोमवार १७:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८