• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आयात र निर्यातबीचको अन्तर अत्यधिक

  • खबरदाता

आयात र निर्यातबीचको अन्तर अत्यधिक

असोज १०, २०७९

 

सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।

यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।

चालू आर्थिक वर्ष २०७९-८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : असोज १०, २०७९, सोमवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८