• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

रगत अभाव भएपछि लायन्स क्लबद्वारा नारायणगढमा रक्तदान कार्यक्रम

  • खबरदाता

रगत अभाव भएपछि लायन्स क्लबद्वारा नारायणगढमा रक्तदान कार्यक्रम

असोज ८,२०७९

 

चितवन – जिल्लामा रगतको अभाव हुन थालेपछि यहाँका लायन्स क्लबहरु रगत संकलनमा सक्रिय भएका छन।

सनिवार लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ अन्तर्गतका ३२ वटा क्लबहरूले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

क्लस्टर ४ चिफ लायन दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कुल १४३ रक्तदाताहरूले रक्तदान गरेका थिए ।

पछिल्लो समयमा चितवनमा आयोजित रक्तदान शिविरहरूमा विशेष मानिएको उक्त कार्यक्रम औपचारिक उद्घाट्न सत्रमा द्वितिय भाइस डिस्ट्रिक्ट गभर्नर लायन दिननाथ न्यौपाने, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन राजकुमार श्रेष्ठ, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन प्रभातकुमार जोशी, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गौतम, क्याविनेट ट्रेजरर लायन सुरेशकुमार श्रेष्ठ, ओमन अनररी सेल मेम्बरहरू लायन सिता भट्ट, सुधा जोशी तथा डिस्ट्रिक्ट क्याविनेटका एक्जुकेटिभ चिफहरू, को चिफहरू, डिस्ट्रिक्ट चिफहरू, को चिफहरू, पिआरओ इन चिफ, रिजन, जोन चेयपर्सनहरू तथा सम्पूर्ण क्लब अध्यक्षहरूको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रम भरतपुर सप्तरंगी लायन्स क्लबका संस्थापक अध्यक्ष, जोन चेयपर्सन तथा क्लस्टर ४ सेक्रेटरी लायन सरोज खरेलले संचालन गरेका थिए।

  • प्रकाशित मिति : असोज ८, २०७९, शनिवार २०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८