• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लायन्स र टोल बिकास संस्थाद्वारा आँखा शिबिर तथा नानी दान

  • खबरदाता

लायन्स र टोल बिकास संस्थाद्वारा आँखा शिबिर तथा नानी दान

असोज ८,२०७९

चितवन-  लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाले निशुल्क आँखा शिबिर र आखको नानी दान गरेका छन।

सनिवार चितवनको भरतपुर १५ मा संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै निःशुुल्क आँखा शिविर तथा मुुत्यूूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्दै भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले मुुत्यूूपछि आफुले आँखा दान गर्ने घोषणा गरेका थिए । अध्यक्षको घोषणा पछाडी टोल सुुधार समितिका २५ जना सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गरेका थिए । लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडीनै मुुत्यूूपर्यन्त आँखाको नानीदान घोषणा गरिसकेका छन।

निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्धितिय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथी प्रकाश पार्दै जिबीत हुने बेला सम्म आँखाको सुुरक्षामा बिशेष ध्यान दिन र निधनपछी डडेर खरानी हुने आँखाको नानी दान गर्न उपस्थित सबैलाई आग्रह गरेका थिए।

भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आँखाको नानीदान दान मात्र नभएर महादान समेत रहेको बताए । वनले यो कार्यक्रमलाई सफल बनाउन नै आफूूले नानी दानको घोषणा गरेको बताउँदै सो कार्यक्रम सफल बनाउने वडाले सबै किसिमको सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा। प्राचि दुलालले एक जना मानिसको नानीबाट ४ जना मानिसले दृष्टि देख्न सक्ने भएकोले आँखाको नानीदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउन सकेमा धेरैको दृष्टि फर्काउन सकिने बताए । उनले आँखाबाट चिकित्सकहरुले कसरी आँखाको नानी निकाल्छन र प्रत्यारोपण गर्छन भन्ने कुरा समेत प्रष्ट पारेका थिए।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतका लायनहरुको एंव टोल सुुधार समितिका सदस्यहरु एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५५ जनाको आँखा परिक्षण गरिएको थियो । जानकी नमुना टोल बिकास संस्थाका सचिब गोपाल कंडेलले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलले गरेका थिए।

  • प्रकाशित मिति : असोज ८, २०७९, शनिवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८