• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

खैरो हेरोईन ओसारपसार गरेको अभियोगमा ६ जना पक्राउ

  • खबरदाता

खैरो हेरोईन ओसारपसार गरेको अभियोगमा ६ जना पक्राउ

असोज ४,२०७९

 

चितवन – खैरो हेरोईन ओसारपसार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार राती सवा ८ बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १५ को सुर्यनगर च्यानडाँडाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

निजहरुबाट प्रहरीले १५५ ओटा पुरियामा रहेको १० ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनजस्तो देखि पदार्थ बरामद गरेको छ।

साथै निजहरुले सो कार्यमा प्रयोग गरेको स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान रु ५ र १० को गरी ६० रुपैया लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा लगायतका सामाग्री समेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरु :

१-चितवनको भरतपुर महानगरपालिका वडा नं। १५ बस्ने बर्ष २२ को सन्तोष परियार ।
२-भरतपुर महानगरपालिका वडा नं। १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर

३- लम्जुङ घर भई हाल भरतपुर महानगरपालिका वडा नं। २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ ।

४- भरतपुर महानगरपालिका वडा नं। १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ ।

५-नवलपरासीको देवचुली नगरपालिका वडा नं। १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री ।

६- भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेका छन।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज ४, २०७९, मंगलवार २०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८