• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने भरतपुरबाट पक्राउ

  • खबरदाता

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने भरतपुरबाट पक्राउ

असोज २,२०७९

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने एक जनालाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं १२ ९साविक जिनाखु गाविस० वडा नं २० घर भएको ३९ वर्षी बीरबहादुर घिसिङ रहेका छन।

प्रहरीको विशेष टोलीले भदौ ३१ गते विहान ११ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१० वीरेन्द्र क्याम्पस चोकस्थित सडक छेउमा उभिरहेको अवस्थामा

घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ, बाहिर एक हजारको नोट र भित्र रु,१० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आइतबार चितवन जिल्ला अदालतबाट ठगी उद्योगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिला वर्गलाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई उनीहरुले लगाएको सक्कली सुनसंग साट्ने गरेको गुनासो आएपछि प्रहरीले खोजी अभियान थालेको थियो । ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई हामी सुनको बिस्कुट र नगद रकम दिन्छु’ भन्दै ललाई फकाई महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

  • प्रकाशित मिति : असोज २, २०७९, आइतवार २१:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८