• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भारतविरुद्ध ऐतिहासिक जित : नेपाल फाइनलमा

  • खबरदाता

भारतविरुद्ध ऐतिहासिक जित : नेपाल फाइनलमा

भदौ ३१,२०७९

 

काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि रश्मी घिसिङले आकर्षक गोल गरेकी थिइन्।

पहिलो हाफको इन्जुरी समयमा प्रिती राईले दिएको क्रममा उनले आकर्षक गोल गरेकी हुन्। त्यहि गोल नै नेपालाई फाइनलमा प्रवेश गर्न प्रयाप्त भयो।

खेलको दोस्रो हाफमा पनि नेपालले भारतलाई दबाबमा राख्यो। नेपालले केही सट प्रहार गरे पनि गोलमा परिणत गर्न सकेन।

अब उपाधिका लागि नेपाल सोमबार साँझ ५ बजे बाङ्लादेशसँग भिड्नेछ।

यो हारसँगै भारत पहिलो पटक सेमिफाइनलबाटै बाहिरिएको छ। यसअघि भारतले पाँच पटक उपाधि जितिसकेको छ।

भारतले नेपाललाई यसअघि फाइनलमा चार पटक पराजित गरेको थियो। त्यस्तै, बाङ्लादेशलाई एक पटक हराएर उपाधि जितेको थियो।

नेपाल सन् २०१६ मा भारतसँगै सेमिफाइनलमा पराजित भएको थियो। यस पटक नेपालले हराएर भारतलाई सेमिफाइनलबाटै फिर्ता पठाएको छ।

अब सोमबार हुने नेपाल र बाङ्लादेशबीचको फाइलन खेलबाट नयाँ च्याम्पियन निस्किनेछ।

  • प्रकाशित मिति : भदौ ३१, २०७९, शुक्रवार १९:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८