भदौ ३१,२०७९
चितवन – चितवनमा आज पनि पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन।
प्रहरीले जनाए अनुसार शुक्रबार साँझ अन्दाजी ५:२५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने पुरानो पक्कि पुलबाट पुरुष हामफालेका हुन।
बागमती प्रदेश ०२ -०३१ प ५२१४ नम्बरको मोटरसाइकल पुलको साइडमा राखेर उनी खोलामा हामफालेका थिए। मोटरसाइकलमा रहेको झोलामा दोलखा जिल्ला गैरिमुदी- ९ को बर्ष २७ को निराजन घिमिरे नाम भएको लाईसेन्स समेत फेला परेको प्रहरीले जनाएको छ।
अहिले प्रहरी र शसस्त्रको गोताखोर टोलि समेतले खोजी गरिरहेको जनाइएको छ।
बिहिवार मात्रै चितवनकै नारायणी पुलबाट कालिका नगरपालिका ७ जुटपानीका अनुप पोखरेल हामफालेर बेपत्ता भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८