• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनका माओवादी नेता यम बहादुर परियार एमालेमा प्रबेश

  • खबरदाता

चितवनका माओवादी नेता यम बहादुर परियार एमालेमा प्रबेश

भदौ ३०, २०७९

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेपछि चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्व अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ एमालेमा प्रवेश गरेका छन् । परियारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन् ।

परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।

  • प्रकाशित मिति : भदौ ३०, २०७९, बिहीवार १३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८