• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डल्लाकोटि पक्राउ

  • खबरदाता

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डल्लाकोटि पक्राउ

भदौ २६,२०७९

चितवन – जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ७४ को चेतनाथ डल्लाकोटि रहेका छन।

डल्लाकोटिलाइ आइतबार राप्ती नगरपालिका ७ बाट पक्राउ गरी कैद तथा क्षतिपुर्ती भुक्तानको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

निजलाई चितवन जिल्ला अदालतले २०७६ साल माघ ९ गते र उच्च अदालत पाटन हेटौडाले २०७७ साल चैत्र १२ गते जवरजस्ती करणी मुद्दामा ९ बर्ष कैद र एक लाख रुपैया क्षतिपुर्ती सजाय भुक्तान गर्ने फैसला गरेको थियो।

  • प्रकाशित मिति : भदौ २६, २०७९, आइतवार २१:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८