• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच

  • खबरदाता

४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच

भदौ २६, २०७९

 

चालू आर्थिक वर्ष ९आव० २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ।

समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको हो। २०७८ साउनसम्ममा बीमाको पहुँच २७ दशमलव ५१ प्रतिशत जनतामा थियो। समितिले बीमा कम्पनीहरूले जारी गरेका म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्याङ्कका आधारमा बीमा पहुँचको अवस्था सार्वजनिक गरेको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७९, आइतवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८