• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट दुई वयस्क र तीन बालबालिकाको मृत्यु

  • एजेन्सी

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट दुई वयस्क र तीन बालबालिकाको मृत्यु

भदौ २५, २०७९

 

अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन्।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानमा फेला पारेका थिए।

‘यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,; सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई बताएका छन्।

घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

  • प्रकाशित मिति : भदौ २५, २०७९, शनिवार १२:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८