• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा बन्दको प्रभाव सामान्य , पाँच बन्दकर्ता पक्राउ

  • खबरदाता

चितवनमा बन्दको प्रभाव सामान्य , पाँच बन्दकर्ता पक्राउ

भदौ  ७,२०७९–एलिशा तिमिल्सिना

चितवन – बिप्लब नेतृत्वको नेकपा सहित चार दलले आव्हान गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ।

बिहान बन्दको प्रभाव परेपनि अहिले छोटो दुरिका सवारी साधनहरु चल्न थालेका छन।

बन्दलाई अबज्ञा गरेको भन्दै भरतपुरका बिभिन्न स्थानमा बन्द कर्ताहरुले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन।

प्रहरीका अनुसार बन्द कर्ताले प्रदेश३-०-०१क०३१२ नं.को कार,ना ८ ख ४२५९ नं.को बस, ना ५ख २२६३ नं.को ट्रक,ना ५ ख १४३१  नं.बस, ना ४ ख ८३२५ नं.ट्रक,प्रदेश२-०-३-००१ ख ००९८ नं.को बसमा ढुङ्गाले हानि सिसामा सामान्य क्षति पुर्‍याएका छन।

यसैक्रममा तोडफोडमा संलग्न भएको आसंकामाप्रहरी ५ जनालाई पक्राउ गरेको छ। साथै उनीहरुले प्रयोग गरेको ४ थान मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरु

१.भरतपुर २३ बस्ने बर्ष ३५ को अमित घिसिङ।
२.बागमती प्रदेश०३-००१ प ६८०५,ना५६प८५५४ नं.को मो।सा। ।
३.बा८० प ९०२४ नं.को मोटरसाइकलचालक जिल्ला बारा घर भइ हाल भरतपुर -९ बस्ने बर्ष २१ को राजन बाबु सिह
४.ना३१क६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर ७ बस्ने बर्ष ३२ को सुरज शर्मा र सोहि मोटरसाइकल पछाडी सवार बस्ने सोही स्थान बस्ने बर्ष २४ को सुदिप पौडेल ।
५. भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ ।

  • प्रकाशित मिति : भदौ ७, २०७९, मंगलवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८