• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मूल्य बढ्दा स्वचालित प्रणाली, घट्दा मनलाग्दी

  • खबरदाता

मूल्य बढ्दा स्वचालित प्रणाली, घट्दा मनलाग्दी

भदौ ६, २०७९

 

काठमाडौं । सरकारले आफ्नै निर्णयबाट पछि हटेर स्वचालित प्रणालीमार्फत पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेपछि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा घटन सकेको छैन । सरकारले पेट्रोलियममा अन्तर्राष्ट्रिय मूल्य बढ्दा बढाउने तर घट्ना नघटाउने स्वार्थप्रेरित नीति लिएको छ । जसका कारण सर्वसाधारण नागरिक पीडित हुँदै आएका छन् ।

सरकारको स्वार्थप्रेरित नीति

सरकारले यसअघि ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित ९अटोमेटिक० प्रणालीमार्फत मूल्य समायोजन गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभाग र प्रदेश सरकारले पनि ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य घटबढ हुनासाथ अटोमेटिक प्रणालीमार्फत भाडा समायोजन गर्दै आएका थिए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा स्वचालित प्रणालीमार्फत मूल्य बढाउने र त्यसैको आधारमा सार्वजनिक तथा मालबाहक सवारीसाधनको मूल्य बढाउने गरे पनि पछिल्ला दिनमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य घटाएको छैन ।

स्वचालित प्रणालीमार्फत पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा सार्वजनिक तथा मालवाहक सवारीसाधनको पनि मूल्य घट्न सकेको छैन । मूल्य समायोजन नहुँदाको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ । सर्वसाधारणले मूल्य समायोजन नहुँदा महँगो सेवा लिन बाध्य छन् ।

गत २० असार यता मात्रै डिजेल र पेट्रोलमा खरिद लागतमा १ लिटरबराबर ३४ रुपैयाँ घटेर आएको छ । लगातार तेस्रोपटक मूल्य घटेर आए पनि निगमले भने आईओसीलाई तिर्नुपर्ने बक्यौता र ऋण देखाएर उपभोक्ता मूल्य घटाएको छैन । निगमले आर्थिक भार उच्च भएका कारण तत्काल मूल्य घटाउने निर्णय गर्न नसकिएको जनाएको छ ।

तर, सरकारले यसअघि भने ५ प्रतिशत मूल्य घटबढ हुनेबित्तिकै अटोमेटिक रूपमा मूल्य समायोजन गर्ने गरेको थियो । सरकारले मूल्य बढ्दा बढाउने गरे पनि मूल्य घटेर आउँदा भने नघटाएर आफ्नै निर्णयको खिलाप गरेको छ ।

चाडपर्वको मुखमा इन्धनको मूल्य घटाएर उपभोक्तालाई महँगीबाट बचाउनुपर्नेमा सरकारले उल्टै मूल्य घटेर आउँदा पनि सर्वसाधारणलाई राहत दिनेमा ध्यान दिन सकेको छैन । नेपाल आयल निगमले मूल्य समायोजन नगर्दा प्रधानमन्त्री तथा विभागीय मन्त्रीले हस्तक्षेप गर्नुपर्नेमा उनीहरू समेत मौन बसेको पाइएको छ ।

निगमले गत २० असारमा अन्तिमपटक इन्धनको मूल्यवृद्धि गरेर भाउ समायोजन गरेको थियो । सो समायोजनपछि खुद्रा बिक्री मूल्य डिजेल–मट्टीतेलको १ सय ७२ रुपैयाँ प्रतिलिटर र पेट्रोलको मूल्य १ सय ८१ रुपैयाँ पुगेको थियो । त्यसयता इन्धनको खरिद मूल्य लगातार तीनपटक घटेको छ तर निगमले मूल्य भने घटाएको छैन ।राजधानी दैनिकबाट

  • प्रकाशित मिति : भदौ ६, २०७९, सोमवार ०७:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८