• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैंडाकोटकी सुन्तलीलाई लायन्सको आर्थिक सहयोग

  • खबरदाता

गैंडाकोटकी सुन्तलीलाई लायन्सको आर्थिक सहयोग

 

भाडा ३,२०७९

चितवन – लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरले गैंडाकोटकी सुन्तली महतोलाई आर्थिक सहयोग गरेको छ।

ब्रेन ट्युमर रोगको सामना गरिरहेकी लायन सदस्य समेत रहेकी महतोलाई चितवन र गैंडाकोटका ३१ ओटा लायन्स क्लवहरुले संयुक्त रुपमा नवलपुरको गैंडाकोट निवासी महतोलाई २ लाख ५४ हजार १७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।

शुक्रवार लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका गर्भनर लायन सिद्धार्थलाल चुकेले सो रकम बराबरको चेक चौधरीलाई हस्तान्तरण गरेका हुन।
सो क्रममा बोल्दै उनले लायन्स सदस्यहरुमा परेको दुःखमा मलम लगाउनका लागि सानो सहयोग स्वरुप रकम सहयोग गरिएको बताए । ‘हामी दुःख सुखमा साथ दिने संस्था हौं, आफ्नै घरभित्रको सदस्यलाई दुःख पर्दा हेरेर बस्न सकेनौं, सबैको सहयोगमा संकलित रकम थोरै भएपनि घाउँमा मलम लगाउन यो सहयोग गरेका हौं’–गर्भनर चुकेले भने ।

हाल घरमै स्वास्थ्य लाभ गरिरहेकी सुन्तली लायन्स क्लव अफ मौलाकालिका लोटसकी सदस्य हुन् । करिव एक वर्षदेखि ब्रेन ट्युमर रोगसंग लडिरहेकी सुन्तलीले भारतमा दुई पटक शल्यक्रिया गराईसकेकी छन् । आउँदो असोजमा पुनः उपचारका लागि उनी भारत जाँदै छिन् ।

उपचारमा आर्थिक अभाव रहेको जानकारी पाएपछि लायन्स क्लवहरुले स्वतःस्फूर्त रुपमा सहयोग संकलन थालेका थिए । उनको उपचारमा हालसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । अहिले आर्थिक अभाव भएकाले चौधरी परिवारलाई सहयोगको खाँचो रहेको छ ।

सुन्तली विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सक्रिय रहँदै आएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी एक वर्षदेखि हिँडडुल गर्न सकिरहेकी छैनन् । केही समय बोल्न समेत नसकेकी सुन्तली अहिले विस्तारै बोल्न सक्ने अवस्थामा छिन् । तर अझै उपचारमा जुट्नुपर्ने चिकित्सकहरुले बताएको उनको परिवारले जनाएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट चिफ गोपाल प्रसाद गौतमले सुन्तलीको स्वास्थ्य अवस्था र सहयोग संकलन बारे जानकारी गराएका थिए ।

  • प्रकाशित मिति : भदौ ३, २०७९, शुक्रवार २०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८