• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

  • खबरदाता

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

 

भदौ ३,२०७९

चितवन – चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार शुक्रबार बिहान अन्दाजी साढे ३ बजेको समयमा ईच्छाकामना (४ कुरिनटार स्थित पृथ्वीराजमर्गमा काठमांडौबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट आईरहेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक र पछाडी सवार दुई जना पुरुषको मृत्यु भएको हो।

मृतक मध्येका एक जनाको साथबाट दैलेखको चामुन्डा बिन्द्रासैनि नगरपालिका ६ को बर्ष २५ का सरोज रोकायाको लाईसेन्स फेला परेको र अर्का काठमाण्डौ महानगर पालिका ११ बस्ने बर्ष ३२ को सरोज माझी रहेको प्रहरीले जनाएको छ।

दुबैजनाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै जिल्लाको रत्ननगर नगरपालिका ९ को खगेरी पुल नजिकै नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा सोही स्थानबस्ने बर्ष ७५ का खडक बहादुर रानाको मृत्यु भएको छ। निजको पनि उपचारका क्रममा नयाँ मेडिकल कलेजमा ६स्१५ बजे मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ ३, २०७९, शुक्रवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८