भदौ १, २०७९
६ वर्ष अघि माओवादीबाट छुट्टिएका डा। बाबुराम भट्टराई राजनीतिको एक फन्को पार गरी पुनः
काठमाडौं । ६ वर्ष अघि माओवादीबाट छुट्टिएका डा। बाबुराम भट्टराई राजनीतिको एक फन्को पार गरी पुनः माओवादीमा नै फर्कने दिशामा अगाडि बढेका छन् ।नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई फेरि माओवादी भंगालो मै फर्कने संकेत गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच एउटै चुनाब चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने सहमति भएसँगै बाबुराम फेरि माओवादीसँगको सहकार्यको विन्दुमा फर्केका हुन् । विभिन्न चरणमा दुई नेताबीच भएको छलफलमा मिलेर जाने सहमति भएको हो ।
तत्कालीन एकीकृत नेकपा माओवादीलाई मक्किएको र रातो स्टिकर टाँसेको घरसँग तुलना गर्दै भट्टराइले पार्टी छोडेका थिए । १० वर्षे सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणसम्म प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेका थिए । दुई नेताबीच लामोे समयसम्म आरोप–प्रत्यारोप चलेको थियो।
पार्टी एकताको औपचारी घोषणा भने चुनावपछि गर्ने सहमति भएको बताइएको छ ।दुई नेताबीच एउटै चुनाब चिन्ह लिएर प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जाने सहमति बनेको छ । दुई नेताबीच एउटै घोषणापत्र,साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ। साझा चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हुने बताइएको छ ।
प्रधानमन्त्री भईसकेका डा भट्टराईले अहिले कै प्रधानमन्त्री शेरबहादुर देउवालाई ५२ सालमा ३९ बुँदे माग राख्दै सशस्त्र युद्धमा होमिएका थिए । शान्ति प्रक्रियामा आइपुगेपछि माओवादीबाटै प्रधानमन्त्री बनेका डा बाबुराम भट्टराईले करिब दुई दशकको सहकार्य तोडदै २०७३ को जेठ ३० मा नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए ।त्यसपछि उनी क्षेत्रीय पार्टी जसपामा जोडिन पुगे ।
३ वर्षमै जसपा छोडेर नयाँ पार्टी गठन गरेका भट्टराई माओवादी अध्यक्ष दाहालसँग सहकार्य गर्ने निष्कर्षमा पुगेका छन् । निर्वाचन लगत्तै भट्टराई माओवादीमा नै फर्कने प्रक्षेपण गरिएको छ । बाबुरामको माओवादीसँग सहकार्य गर्ने पछिल्लो निर्णयले उनले विगत ६ वर्षमा गरेका सबै प्रयास असफल भएको पुष्टि गर्छ । माओवादी सशस्त्र विद्रोहमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
भट्टराई आफ्नै महत्व कांक्षा व्यवस्थापन गर्न नसकेको र सिद्धान्तमा अडिक हुन नसकेको आरोप छ। राजनीतिक संगठनमा भट्टराईको खासै महत्व देखिएन । टिमलाई सगै लिएर जान सक्ने क्षमताहरु पनि देखिएन । भट्टराई पाँच दलीय गठबन्धनबाट भट्टराई गोरखा २ मा नै उम्मेदवार हुने बलियो संभावना छ ।
राजनीतिमा नयाँ नयाँ प्रयोगका हिमायती भट्टराईका प्रयोगका विर्सजन माओवादी मै मिसिने देखिएको छ ।नाटकीयरुपमा कुनै घटनाक्रम विकसित नभए आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दाहाल र भट्टराई एउटै पार्टीका नेता हुनेछन् ।
भट्टराईको चुनाव चिन्ह माओवादीकै हँसिया हथौडा हुने भएको छ ।उनले ट्वीट गर्दै भनेका छन् (नयाँ यात्राको सुरुवातमा गम्भीरता र खुसी ।दाहाल–भट्टराई पुनर्मिलनतिर जानु पूर्वमाओवादीहरुका लागि ठूलो उपलब्धिको रुपमा नेताहरुले लिएका छन् ।तर, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भने अप्ठयारो पर्ने विश्लेषण गर्न थालिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८