• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

ढोका पल्टेर लाग्दा भक्तपुरमा बालिकाको मृत्यु

  • खबरदाता

ढोका पल्टेर लाग्दा भक्तपुरमा बालिकाको मृत्यु

साउन ३१, २०७९

भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।

ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।रासस

  • प्रकाशित मिति : साउन ३१, २०७९, मंगलवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८