• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

कोरोनाका कारण हिमालय एयरलाइन्सको नेपाल-चीन उडान एक महिनाका लागि बन्द

  • खबरदाता

कोरोनाका कारण हिमालय एयरलाइन्सको नेपाल-चीन उडान एक महिनाका लागि बन्द

साउन ३०,२०७९

 

चीन सरकारले हिमालय एयरलाइन्सको नेपाल(चीन उडान एक महिनाका लागि रोक लगाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिडका कारण चीनले उडानमा रोक लगाएको हो।

अगस्ट २ मा उक्त्त एयरलाइन्समा यात्रा गरेका १५ जना यात्रुलाई कोरोना देखिएपछि एक महिनाका लागि उडान बन्द गर्न अनुरोध गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार चीनले अगस्ट २२ देखि सेप्टेम्बर २१ सम्म लागू हुने गरी उडान बन्द गरिदिएको छ।

‘काठमाडौंबाट गएका यात्रुको पिसिआर गर्दा कोरोना देखिएछ। त्यहाँको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि एक महिनाका लागि रोक लगाइएको हो,’ उनले भने।

हाल हिमालय एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुइमिङ सहरका लागि सातामा एक उडान भइरहेको छ।

एक महिनाका लागि हिमालय एयरलाइन्सको उडान रोकिने भएसँगै प्राधिकरणले एयर चाइनालाई उडान थप्न अनुरोध समेत गरेको छ।

‘एक महिनासम्म उडान बन्द हुँदा समस्या हुने भएकाले एयर चाइनालाई उडान थप्न प्राधिकरणले अनुरोध गरेको छ,’ सूचना अधिकारी भुलले भने, ‘उताबाट सकरात्मक प्रतिक्रिया आएको छ।’

एयर चाइनाले चीनको छेन्दुबाट नेपालमा साताको एक उडान गरिरहेको छ।

  • प्रकाशित मिति : साउन ३०, २०७९, सोमवार २१:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८