• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

भरतपुरको जुगेडीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

  • खबरदाता

भरतपुरको जुगेडीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

साउन ३०,२०७९

 

चितवन – नारायणगढ मुग्लिन सडक खण्डको जुगेडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजेको समयमा भरतपुर २९ को जुगेडीमा नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बाग्लुङ घर भई हाल कालिका नगरपालिका २ पदमपुर बस्ने बर्ष २२ को सागर पौडेलको मृत्यु भएको हो।

पौडेलको उपचारका क्रममा २:५० बजे नया मेडीकल कलेजमा मृत्यु भएको हो । उक्त दुर्घटना के कसरी घट्न गयो भन्ने सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ३०, २०७९, सोमवार २१:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८