• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

चितवनको पुरानो बोर्डिङ स्कुलले मनायो ४१ औं वार्षिकोत्सव


चितवनको पुरानो बोर्डिङ स्कुलले मनायो ४१ औं वार्षिकोत्सव

विद्यार्थी बने प्रमुख अतिथी

२०७९ चैत्र ३ गते शुक्रवार

भरतपुर । अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलको गौरवमय ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । चितवनको सेरोफेरोमा रहेर शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै ४१ बर्ष देखी शिक्षा क्षेत्रमा निरन्तर योगदान पु-याउन सफल भरतपुर १० स्थित स्याउली बजारमा रहेको अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङग् सेकेण्डरी स्कुलले आज शुक्रवार ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष भविन्द्र कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्यसै विद्यालयबाट २०५७ सालमा एस.एल. सि. उतिर्ण गरेका विद्यार्थी तथा अन्नपूर्ण न्यूरोलोजिकल अस्पताल काठमाण्डौमा कार्यरत कन्सल्टेण्ट न्यूरोसर्जन डा. प्रितम गुरुङले पानसमा बती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । उद्धघाटन सत्रपछी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गर्दै आगामि दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल होस भन्ने शुभकामना व्यक्त गरे । डा. गुरुङले स्कुलको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुँदा निक्कै गर्व महसुस गरिरहेको भन्दै यो अवसर प्रदान गरिदिएकोमा स्कुल परिवार लाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी निवर्तमान सहायक प्राचार्य बेनु अधिकारी, अतिथीहरु शिक्षक अभिभावक संघका अध्यक्ष भगवती पौडेल, भुवन आचार्य, मधुसुदन ढकाल, राजेन्द्र गिरी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षाप्रेमी, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लामै उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी , विद्यालयमा अध्यन गरि विभिन्न क्षेत्रमा सफल पुर्वक विद्यार्थी , विभिन्न विद्यामा उत्कृष्ठ विद्याथी , विद्यालयलाई योगदान पुराउने शिक्षक, कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

वार्षिकोत्सवको अवसरमा प्याब्सन चितवनका उपाध्यक्ष एवम् विद्यालयका प्राचार्य हरीप्रसाद अधिकारीले विद्यालयको शैक्षिक गतिबिधि तथा आगामी योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षिका सावित्री बानिया के। सि।कोे स्वागत मन्तव्य रहेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,बिशिष्ट अतिथी ,अतिथि हरुलाई शिक्षिका द्वय पुष्पा बन्जाडे तथा एलिसा तिमील्सिनाले माला लगाएर स्वागत गरेका थिए ।

  • प्रकाशित मिति : चैत ३, २०७९, शुक्रवार २२:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८