• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

महिला जागरणले नै  समाज अघि बढ्छ – खत्री

  • खवर मुलुक-संबाददाता

महिला जागरणले नै  समाज अघि बढ्छ – खत्री

            सोमा खत्री समाजसेवामा गीत सङ्गीत र समाज सेवामा उत्तिकै सक्रिय नाम । “गाउँ तिजमा सोर्खाली ”, बिन्ध्यबासीनीको ब्यानरमा तथा अर्को चेलीबेटी बेचबिखन सम्बन्धी गीत हाइलाइट्स नेपालको ब्यानरमा रहेका उनका चर्चित गीत हुन् । साथै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । यी नै सोमासंग गरिएको कुराकानीको सार संक्षेप –

समाजसेवामा लाग्नु भएको कत्ति वर्ष भयो ?

म सामाजिक क्षेत्रमा सक्रिय रहेको लगभग ३ दशक हुन आटेको छ । यी गतिविधिमा निरन्तर  लागी रहेको छु ।

अनि सङ्गीतमा नि ?
म सङ्गीतमा लागेको चाही १० वर्ष भयो  । १० वर्ष अघि प्रमोद खरेलले गाउनु भएको “सम्बन्धको धागो चुँडाइ ” बोलको गीत मैले महिला स्वरमा गाएकी थिए ।
सामाजिक गतिविधि चाही के मा सक्रिय रहनु भएको हो ?
पहिला म नेपाल नारी चेतनशील सङ्घ भन्ने संस्थाको अध्यक्ष थिए । अहिले म समुन्नत महिला मञ्च नेपालको  अध्यक्ष छु । यो संस्था धेरै वटा संस्था मर्च भएर बनेको हो ।
तपाइहरूको आम्दानीको श्रोत चाही ?
आम्दानीको श्रोत सँगै म हाम्रो संस्थाले गर्ने कामको कुरा पनि गर्न चाहन्छु । हामीसँग विदेशी डोनर छैन । सरकारी पैसा पनि छैन । हामीले महिला केन्द्रित कार्यक्रम गर्छौ । मूलभूत रूपमा महिलालाई स्तन तथा पाठेघर क्यान्सरका बारे सचेत गराउने गरेका छौ ।
यसको कार्यक्रम तयार गर्नका लागि सम्बन्धित निकायले गरेको सहयोगको आधारमा हामी चलेका छौ । लैङ्गिक भेदभावविरुद्ध सचेतना जगाउने काम पनि हामीले गरेका छौ । कसैलाई अन्याय नै पर्दा साथ दिने काम पनि गरेका छौ ।
यो लामो यात्रामा तपाईँलाई साथ र सहयोग दिनेहरू को को हुनु हुन्छ ?
कला घिमिरे, मिना पुलामी , यसै गरी राधा पौडेल, बर्दघाटकी कमला पराजुली, सङ्खुवासभाकी मनमाया तामाङ दाहाल र चितवनको मञ्जु खाँण लगायत साथीहरू सक्रिय हुनु हुन्छ । टिमका सबै साथीहरू सहयोगी भएका कारण हामीले राम्रो काम गरिरहेका छौ ।
परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
परिवारबाट राम्रो सहयोग पाएको छु  । सबैको सहयोगको कारण यो सम्भव भएको हो । अझ धेरै गर्न बाँकी छ । यसमा अझ परिवारको निरन्तर सहयोग हुने त निश्चित नै छ ।
तपाई आफु सबैभन्दा सन्तुष्ट भएको सांगेतिक काम कुन होला ?
भर्खरै बजारमा आएको ‘बोकी सधैं दुनियामा चेतनाको भारी, उठ नया युगसंगै यो देशको नारी’बाट म सन्तुष्ट छु ।
अन्त्यमा हाम्रा पाठकहरूलाई केही भन्नु छ की ?

नेपालमा अझै पनि चेतना र शिक्षामा महिला पछि नै रहेको महसुस भएको छ । यस कारण धेरै  जनाले समस्या भोग्नु भएको छ । यस कारण हामी जहाँ छौ, जुन अवस्थामा छौ सबैलाई शिक्षा दिने र जागरुप बनाउने काम गरौँ । सबै महिला शिक्षित हुने, सबै कुरामा सतर्क रहने र जागरुप हुने हो भने समाज त्यत्तिकै अघि बढ्छ । यस कारण यो काममा लाग्न अनुरोध गर्दछु ।

  • प्रकाशित मिति : भदौ ९, २०७७, मंगलवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८