फागुन ३ मा लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सव

  • माघ २७, २०७७

माघ २७, २०७७

चितवन । लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको छ । सो कार्यक्रम पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो ।

बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह साथै कलाकारमा सौगात मल्ल, रोशनी केसी चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको लक्की मिडिया हाउसका महा प्रवन्धक हरी कार्कीले जनाएका छन् । कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतकाहरु उपस्थिती रहने आयोजकले जनाएको छ ।

अन्य बार्षिकोत्सव समय र तालिका अनुसार मनाउँदै आएतापनि यो पाचौं बार्षिकोत्सव भने कोरोनाका कारण ढिलो हुन गएको आयोजकले बताएका छन् । भए पनि पांँचौ बार्षिकोत्सव मनाउन लागेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा समाज रुपान्तरणका लागि योगदान तथा भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । ‘अघिल्ला बार्षिकोत्सव जस्तै यस बर्ष पनि हामीले विभिन्न क्षेत्रबाट योगदान दिनु हुने व्यत्तित्वलाई सम्मान गर्दैछौं , यो हाम्रो दायित्व पनि हो ।’ कार्कीले भने ।

सय जना भन्दा बढी आमन्त्रित पाहुनाहरुका साथ मनाईने बार्षिकोत्सवमा साहित्यकार झमक घिमिरेद्धारा लिखित चलचित्र ‘जीवन कांँडा की फूल’ प्रर्दशन गरिने महाप्रबन्धक कार्कीले बताए । कोरोनाको प्रभाव कम हुदै गएपनि मिडिया हाउसले स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको कार्कीको भनाई छ ।

नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

  • प्रकाशित मिति:माघ २७, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८