• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

लक्की मिडियाले चिकित्सक र कलाकारलाई सम्मान गर्ने

  • खवरदाता

लक्की मिडियाले चिकित्सक र कलाकारलाई सम्मान गर्ने

मंसिर–२३, २०७७

चितवन । लक्की मिडिया हाउस चितवनले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका दुई चिकित्सकलाई सम्मान गर्ने भएको छ । साथै उक्त मिडिया हाउसले आफ्नो पाँचौं बार्षिकोत्सवको अवसर पारेर केहि कलाकारलाई समेत सम्मान गर्ने जनाएको छ ।

मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले अन्य विधाका व्यत्तित्वहरुलाई समेत सम्मान गर्ने जानकारी दिएको छ । कोरोना कहर र चुनौतिबीच स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘हाम्रो मिडियाको उद्धेश्य देश र समाजका लागि योगदान गर्नेका लागि पनि हो । उनले भने, कोरोना कहरबीचपनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईरहेका छौं ।

नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

  • प्रकाशित मिति : मंसिर २३, २०७७, मंगलवार ०३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८