• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

‘पारस’ लाई लिएर गम्भीर अनमोल

  • संबाददाता

‘पारस’ लाई लिएर गम्भीर अनमोल

अभिनेता अनमोल केसी फिल्म छनौटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा खेलाउनका लागि निर्माता र निर्देशकले ठूलो मिहेनत गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको खण्डमा मात्र उनी फिल्म गर्नका लागि सहमति जनाउँछन् । स्क्रिप्ट आफूले सोचेको जस्तो तयार नभए उनी साइन गरेका फिल्म छाड्न समेत पछाडि हट्दैनन् ।

‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ यसका उदाहरण हुन् । सातवटा फिल्ममा काम गरिसक्दा पनि अभिनयमा परिपक्वता नआएको आरोप खेपिरहेका अनमोल लकडाउन हुनुभन्दा अगाडि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । यो फिल्मपछि उनी ‘पारस’ का लागि समय निकाल्ने तयारीमा थिए । तर, कोरोना भाइरसको महामारीले सबै योजना भताभुङ्ग बनाएको छ ।

लकडाउन खुकुलो भएपछि केही कम्पनीका विज्ञापनमा काम गरेका अनमोलले काठमाडौंमा निषेधाज्ञा लागू भएपछि घरमै बसेर फिल्म ‘पारस’ को स्क्रिप्टलाई बलियो बनाउनका लागि मिहेनत गरिरहेका छन् । उनी भन्छन्, ‘दर्शकको मप्रति ठूलो आशा र विश्वास छ । त्यसैले स्क्रिप्टलाई अझै बलियो बनाउन मिहेनत गरिरहेका छौं । स्क्रिप्टमा अहिलेसम्म भएको कामबाट सन्तुष्ट छु ।’

अभिनेता भुवन केसीको प्रोडक्सन हाउस सुपर काजल फिल्मस्बाट निर्माण हुने फिल्मलाई माधव वाग्लेले निर्देशन गर्दैछन् । उनले यही फिल्मबाट निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन् । फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’ का लागि समय निकाल्नेछ । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । फिल्मीखबर

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार ०२:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८