• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

भरतपुरको रमाइलो चोकमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

  • खबरदाता

भरतपुरको रमाइलो चोकमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

साउन ९,२०७९

 

चितवन – चितवनको भरतपुरमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन।

आइतबार राति करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृण्ण प्रसाद आचार्यले घरायसी बिबाद हुँदा आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरेका हुन।

आफ्नै घरको तिन तला माथी रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गंभिर घाइते भएकि घिमिरेको उपचारका क्रममा राती १० : ४० बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने निजका श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हाम फाली भाग्न खोज्दा गम्भिर घाईते भएको र निजको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकलमा मृत्यु भएको हो।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ९, २०७९, सोमवार ०७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८