• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

झापा गाउँपालिकामा फेरि पनि जयनारायण

  • खबरदाता

झापा गाउँपालिकामा फेरि पनि जयनारायण

जेठ ५,२०७९

 

झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ।

बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन्। २०७४ मा पनि कांग्रेसकै साहले अध्यक्ष जितेका थिए।

साहले एमालेका गौरीशंकर राजवंशीलाई २६३३ मतले पराजित गरे। साहले ६९९८ मत पाए भने निकटतम प्रतिद्वन्द्वी राजवंशीले ४३६५ मत मात्र पाए।

उपाध्यक्षमा पनि कांग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी हुन्। उनले एमालेकी देवीमाया अधिकारीलाई १४९७ मतले पराजित गरिन्। थपलियाले ५८६८ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी अधिकारीले ४३७१ मत मात्र पाइन्।

सीमावर्ती पालिकाको ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जितेको छ। पालिकाको दुई वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार २१:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८