• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

केन्द्रिय नेता नआएपछि चितवन काङ्ग्रेसको असन्तुष्ट समुहले मेयर घोषणा गर्न सकेनन्

  • खबरदाता

केन्द्रिय नेता नआएपछि चितवन काङ्ग्रेसको असन्तुष्ट समुहले मेयर घोषणा गर्न सकेनन्

वैशाख, १० २०७८ ।

भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको काँग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेद्बारी घोषणा गर्ने भनिएपनि अनन्त घोषणा कार्यक्रम स्थगित गरेका छन् ।

शनिवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको काँग्रेस असन्तुष्ट समुहको भेलाले आइतबार दिउँसो सम्ममा उमेदवार घोषणा गर्ने मौखिक निर्णय गरेको हो ।

शनिवारको बैठकमा काँग्रेस केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा निबर्तमान जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठ लगायतका नेताहरु उक्त भेलामा अनुपस्थित रहेपछि उक्त कार्यक्रम स्थगित गर्न नेता तथा कार्यकर्ता बाध्य भएका हुन् ।

शुक्रवारको बैठकमा केन्द्रीय सदस्य सहितको निर्णयअनुसार शनिवार काँग्रेसको तर्फबाट भरतपुरको मेयरमा उमेदवार घोषणा गर्ने कार्यक्रम तय भएको थियो ।

१ बजे गर्ने भनिएको भेला काँग्रेसका कन्द्रीय नेता नआएपछि करिब साढे २ बजे मात्र सुरु गरियो ।
हिजो सम्म गठबन्धनको बिरोध गर्ने केन्द्रिय नेताहरु आज एकाएक भेलामा अनुपस्थित भएपछि गठबन्धनको विपक्षमा लागेका कार्यकर्ताहरु अलमलमा परेका थिए ।

उनीहरुले केन्द्रीय नेताहरुले आफूहरुलाई छाड्दै गठबन्धनकै पक्षमा समर्थन जनाएको हो कि भनेर आशङ्का समेत गरिरहेका थिए । सो भेलालाई सम्बोधन गर्दै पूर्वसांसद जगन्नाथ पौडेलले पत्येक निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्दै जादा अबको ५ वर्षमा काँग्रेस शुन्यमा पुग्ने बताए । उनले भने, ‘वर्षभरी काँग्रेस भनेर हिड्ने चुनाव आएपछि अन्य पार्टीको चिन्हमा जर्बजस्ती मत हाल्न लगाउने केन्द्रको निर्णय पार्टी कहिले उभो लाग्ला रु’

हिजोसम्म उम्मेद्वारी काँग्रेसकै हुनुपर्छ भनेर बैठक र भेलामा उपस्थित केन्द्रीय सदस्य आज एकाएक अनुपस्थित हुँदा सबै कार्यकर्ताहरु आश्चर्यमा परेको उनको भनाइ थियो । ‘हिजोसम्म सँगै रहेका केन्द्रीय सदस्य आज हराएका छन् । तपाईँहरुले उहाँहरुलाई सोध्नुहोस काँग्रेसको उम्मेद्वार को हो भनेर’ उनले आक्रोस पोखे ।

भरतपुरमा काँग्रेसको तर्फबाट मेयरको आंकाक्षी समेत रहेकी महाधिवेशन प्रतिनिधी मिना खरेलले गठबन्धनलाई बिचलित गराउने नभइ पार्टीको आस्था सिद्दान्त अनुसार यो खालको कदम उठाउन बाध्य भएको बताइन् । काँग्रेसले काँग्रेसकै चिन्हमा मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ थियो ।  उनले भनिन् ‘काँगे्रसको चुनाव चिन्ह रुख लिएर जो मैदानमा उत्रन्छ उसैलाई यो त्यो नभनी मत हाल्नेछु । यदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारवाही गरेपनि म भोग्न तयार छु । मलाई पहिला कारवाही गरोस ।’

भेलामा बोल्दै तरुण दल जिल्लाका संस्थापक अध्यक्ष शम्भु अर्यालले अहिले भइरहेको जुन भेला छ यसलाई विद्रोहको रुपमा नलिन आग्रह गरे । उनले भने,‘पार्टीमा पुन यस्तो गल्ती नदोहोरियोस भनेर हदैसम्मको निर्णय गर्नुपर्ने अवस्था केन्दको निर्णयले बनाएको हो । ’

पार्टीका पुर्ब प्रबक्ता उद्धव लोहनीले गठबन्धनमा जानु पर्ने बाध्यता कसले बनायो भनेर चितवन काँग्रेसले खोज्नु पर्ने अबस्था आएको बताए । काँग्रेसको विधानमा काँग्रेस भएर काँग्रेसको चुनाव चिन्हमा मतदान नगरे पार्टीबाट निष्कासन गरिनेछ भनेर बताइएको अवस्थामा भरतपुरमा सबै काँग्रेसीले माओवादीलाई मत हाल्दा काँग्रेसको कानुन कुन अवस्थामा पुग्ला भनेर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

पार्टीमा विधानविपरीत काम गर्ने सबैलाई कारबाही हुनुपर्ने कुरामा जोड दिए । उनले भने,‘जर्बजस्ती काँगेसलाई अरुको चुनावचिन्हमा मत हाल्न लगाउने पार्टी सभापति शेरबहादुर देउवाले पदबाट राजीनमा दिनुपर्छ ।त्यतिमात्र होइन गठबन्धन गरिनुपर्छ भनेर मतियारको रुपमा भाषण गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कारबाही गरिनुपर्छ । नत्र भने काँग्रेसको विधान आजकै दिनबाट परिवर्तन गरिनुपर्छ ताकि हामी अरुलाई मतदान गर्न सकौ ।’

भेलामा बोल्ने अधिकाँश नेताहरुले केन्द्रीय नेताहरु केन्द्रसँगै सल्लाहमा रहेको हुन सक्ने अनुमान गर्दै आइतबार दिउँसो सम्ममा काँग्रेसबाटै मेयरको उम्मेद्वार उठाइने बताएका थिए ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार १६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८