• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दुई म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा बिक्रमबाबा मेला भर्न गएका ७ घाइते

  • खबरदाता

दुई म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा बिक्रमबाबा मेला भर्न गएका ७ घाइते

 

चैत २६,२०७८

चितवन – दुईवटा म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा चालक सहित ७ घाइते घाइते भएका छन।

सनिवार बिहान ८ बजेको समयमा भरतपुर १४ को लाफा चोक भन्ने स्थानमा पटिहानीबाट गितानगर आउँदै गरेको ना. १ ज ६१८८ र बिपरित दिसा तर्फ जादै गरेको ना. १ ज ४१८१ नम्बरको म्याजिक भ्यान एकआपसमा ठक्कर खाएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा कास्की नयाँ बजार पोखराकि बर्ष ५० की कृष्णमाया सापकोटा ,भरतपुर ९ सरदपुरकी बर्ष ४७ की सरस्वती देवकोटा,भरतपुर ८ गौरीगन्जको बर्ष १८ को प्रबिण ढकाल र सोही स्थानका बर्ष १४ को सुशील देवकोटा,बर्ष २६ को संजय सापकोटा ,बर्ष १६ की सलिना देबकोटा र बर्ष ३४ की अन्जु थपलिया रहेका छन।
घाइतेहरु सबै बिक्रमबाबा मेलाका दर्शनार्थि रहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइतेहरु सबैको भरतपुर स्थिति एलाइभ अस्पतालमा सामान्य अबस्था उपचार भइरहेको छ।

ना. १ ज ६१८८ को चालक र दुइ म्याजिक भ्यान प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीको भनाइ छ।

  • प्रकाशित मिति : चैत २६, २०७८, शनिवार ११:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८