• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उवासंघ चितवनमा नयाँ कार्यसमितिको कार्यभार सुरु

  • खबरदाता

उवासंघ चितवनमा नयाँ कार्यसमितिको कार्यभार सुरु

 

चैत २,२०७८

 

चितवन । उद्योग बाणिज्य संघ (उबासंघ) चितवनको नवनिर्बाचित कार्यसमितिले कार्यभार समालेको छ।

बुधबार उवसंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले शपथ लिएका छन् । उनीहरुलाइ पुरानो कार्यसमितिले पदहस्तान्तरण गरेको थियो ।

५५ औं वार्षिक साधारण सभा एवम् अधिवेशनले चुन नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले निर्वाचित कार्यसमितिलाई शपथग्रहण गराएका थिए । लगत्तै निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई अध्यक्षको ड्यासमा आफ्नो अध्यक्षको ब्याच लगाइदिएका थिए ।

पदस्थापनापछि बोल्दै नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले अग्रजहरुको आर्शिवाद लिँदै चितवनको अर्थतन्त्र विकासमा काम गर्ने बताए । व्यवसायिहरुको हक अधिकारका लागि सधैँ अग्रभागमा रहेर काम गर्ने र जिल्लाको आर्थिक र सामाजिक रुपान्तरणमा काम गर्ने बताए ।

कार्यक्रममा पूर्वअध्यक्षहरुको उपस्थिती थियो । संघको ५५ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्यसमितिका अध्यक्षसहित १३ पदमा निर्विरोध चयन भएका थिए भने १२ पदमा निर्वाचन भएको थियो ।

पदाधिकारी सहित कुल २९ सदस्यीय समिति हुने उद्योग वाणिज्य संघ चितवनमा अव बस्ने बैठकले उपाध्यक्षहरुको तह निर्धारण गर्नेछ । साथै वाँकी सदस्यहरुलाई मनोनित समेत गर्ने छ ।

नवनिर्वाचित समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फको उपाध्यक्षमा सिरिष पन्त, उपाध्यक्ष कर्पोरेटतर्फ राजेन्द्र ओली, कार्यसमिति सदस्य महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघतर्फ रेशमलाल आचार्य, २ जना कर्पोरेट सदस्यतर्फ डा।जीवनकुमार श्रेष्ठ र रजनी मास्के, वस्तुगत सदस्यहरुमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ र सन्तोषजनक भुषाल छन् ।

वाणिज्यतर्फका ६ जना सदस्यमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने छन् ।

उद्योग तर्फको सदस्यहरुमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिला बहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया छन् ।

  • प्रकाशित मिति : चैत २, २०७८, बुधवार २०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८