• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुननारायण प्यानलका ८ उमेदवारलाइ जिताउन अपिल

  • खबरदाता

चुननारायण प्यानलका ८ उमेदवारलाइ जिताउन अपिल

 

फागुन २९,२०७८

उद्योग बाणिज्य संघ चितवको सोमबार हुने निर्वाचनमा आफ्ना ८ जना उमेदवारलाइ जिताउन चुननारायण श्रेष्ठको प्यानलले अनुरोध गरेको छ।

आज पत्रकार सम्मेलन गर्दै चुननारायणको प्यानलबाट सर्वसम्मत नेतृत्वमा पुगेका १३ जनाको समुहनै बाकी ८ जना उम्मेदवारलाई जिताउन एकबद्द भएका हुन। निर्विरोध अध्यक्ष बनेका चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवि सुवेदी सहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहोर्‍याउन पहल गरेका हुन।

चुननारायण समुहले कर्पोरेट तर्फको उपाध्यक्षमा भोजराज कौडाल, वाणिज्यतर्फको उपाध्यक्ष शंकर नेपाल सहित सदस्यमा वाणिज्यतर्फका ६ जनालाइ जिताउन सम्पुर्ण मतदाताहरुमा अनुरोध गरेको छ।

वाणिज्यतर्फका सदस्यहरुमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने रहेका छन । अध्यक्षमा निर्विरोध निर्वाचित भएका श्रेष्ठले १३ जना कार्यसमितिमा सर्वसम्मत हुनुपहिलेनै अनुभवी समूह आफुहरुले तयार गरेकोले बाकि रहेका पदमा आफ्नो टिमलाइ सहयोग गरेको बताए ।

उक्त पत्रकार सम्मेलनमा निर्विरोध कार्यसमितिमा पुगेका ३ पदाधिकारी सहितका १३ जनानै सहभागिता थियो । दिपा शाही उवासंघको विभिन्न उपसमितिमा रहेर काम गर्दै आएपनि यसपाली पहिलो पटक कार्यसमिति सदस्यका लागि उम्मेदवार बनेकी हुन । यो समूहका २ उपाध्यक्ष र ६ सदस्यहरु उवासंघको कार्यसमितिका सबै पुराना तथा अनुभवी नेतृत्वका रुपमा स्थापित छन ।

कर्पोरेटतर्फका उपाध्यक्ष उम्मेदवार भोजराज कौडालले पूर्वअध्यक्षहरु सबै अनुभवी र ऐक्यवद्ध बनेका समूहको पक्षमा रहेको दाबी गरे। वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार शंकर नेपालले सहमतिको प्रयास हुन नसकेपछि निर्वाचनमा जानु परेपनि जीत सुनिश्चित रहेको दाबि गरे।

  • प्रकाशित मिति : फागुन २९, २०७८, आइतवार १६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८