माघ ७,२०७८
चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड करिब एक घन्टामा सुचारु हुने भएको छ।
उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम अहिले भइरहेको छ। माथीबाट अन्य पहिरो नखसेमा अबको एक घन्टामा सडक सुचारु हुने चितवनका ट्राफिक प्रमुख भगवान राज थापाले जानकारि दिए।
उनका अनुसार सडकमा भित्ताको डाँडोनै खसेको र अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको छ । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन समय लागेको उनले बताए ।
सो सडक भएर यात्रा गर्नेलाइ अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८