भेटिएको मोटरसाइकल चितवन ट्राफिकले बुझायो

  • खबरदाता
  • जेठ २३, २०७८

जेष्ठ २३,२०७८

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

दैनिक चेकजाँचका क्रममा गत चैत्र १४ गते नारायणगढको सहिद चोकबाट प्रदेश २-०३-००५ प ९८३४ नम्वरको रोयल मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।

पुर्बी नवलपरासी गैडाकोट नगरपालिका वडा नं। ५ बस्ने सन्देश गौतमको नाममा रहेको सो मोटरसाइकल हराएको भनी मिति २०७६ साल श्रावण १४ गते महानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौमा निवेदन परेको थियो। निवेदनमा उल्लेख गरे अनुसार उक्त मोटरसाइकलको बास्तविक नम्वर प्रदेश ३-०२-००८ प १६७९ रहेको छ ।

तर सम्बन्धित मोटरसाइकल धनीले प्रिमियर इन्स्योरेन्सबाट बिमादाबी गरि नियमानुसार पाउने रकम प्राप्त गरिसकेको अबस्थामा उक्त मोटरसाइकल प्रिमियर इन्स्योरेन्स नारायणगढ चितवनको शाखा प्रवन्धक शंकर अधिकारीलाई बुझाइएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवान राज थापाले जानकारी दिए।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ २३, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८