• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

सोमबार ७४२५ थपिदा ७१३५ निको भए

  • खबरदाता

सोमबार ७४२५ थपिदा ७१३५ निको भए

जेष्ठ १०,२०७८

चितवन । आज एकै दिनमा ७१३५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ९८ हजार ४८३ रहेको छ । यो ७६।६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ७४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख २० हजार ४१६ पुगेको छ ।

देश भर १९८४६ को पिसिआर परिक्षण गर्दा ७२२० र ६०७ जनाको एन्टिजेन परिक्षण गर्दा २०५ जना गरि कुल ७४२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५१ र उपत्यका २७८५ जना रहेका छन्।

आज चितवनमा ४ सहित थप १८५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६५३१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२४ छ ।

  • प्रकाशित मिति : जेठ १०, २०७८, सोमवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८