• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

भरतपुरका ४० सहित ५६ संक्रमीत थपिए

  • खबरदाता

भरतपुरका ४० सहित ५६ संक्रमीत थपिए

बैशाख १६,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २३ पुरुष र १७ महिला गरि ४० जना रहेका छन । यस्तै रत्ननगरका २ महिला ,खैरहनिका ३ पुरुष र राप्तीका २ पुरुष रहेका छन ।

गैंडाकोटका ४ महिला , कावासोतीका १र१ पुरुष र महिला , तनहुँका १ पुरुष ,स्याङ्जाका १ पुरुष र रौतहटका १ महिला पनि संक्रमीत भएका हुन ।

संक्रमितहरु ९ देखि ७३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका नमूनाको बुधबार परिक्षण गरिएका १४० वटा नमूना मध्ये ५६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८४ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

  • प्रकाशित मिति : वैशाख १६, २०७८, बिहीवार ००:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८