• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनका ४० सहित १२८१ संक्रमित थपिए

  • खबरदाता

चितवनका ४० सहित १२८१ संक्रमित थपिए

वैशाख ६,२०७७

चितवन । पछिल्लो २४ घन्टामा २५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ५५५ सय रहेको छ । यो ९६।४ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

देश भर ७००१ जनाको पिसिआर परिक्षण गर्दा १२२७ र ५४७ जनाको एन्टिजेन परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये उपत्यका भित्रका ६३५ र चितवनका ४० जना रहेका छन्।

आज थप ८ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २५४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८१ छ ।
हालसम्म नेपालमा १९ लाख २४ हजार ७०३ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन्।

  • प्रकाशित मिति : वैशाख ६, २०७८, सोमवार १०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८