• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा जनगणना कार्यालयको स्थापना

  • खबरदाता

चितवनमा जनगणना कार्यालयको स्थापना

चैत्र -१, २०७७
चितवन । चितवनमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न कार्यालय स्थापना गरेको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । तथ्याङ्क कार्यालयकै कार्यालय प्रमुख जिल्ला जनगणना कार्यालयको प्रमुख रहनेछन।

तथ्याङ्क कार्यालयसँगै रहेको भवनमा सो कार्यालय स्थपना भएसँगै जनगणना तयारीका कामहरु पनि सुरु भएका छन। जिल्लामा रहेका सात वटा स्थानीय तहमध्ये ५ वटामा पनि अव चाँडै नै स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारी रहेको छ । भण्डारीका अनुसार अवको ठिक एक महिनामा अर्थात आउँदो बैशाख १ गते ७ वटा तहहरुनै हेर्ने गरी ५ वटा स्थानिय जनगणना कार्यालयहरु स्थापना हुनेछन्। जस मध्ये भरतपुर महानगरपालिकामा मात्रै ३ वटा कार्यालय रहनेछ । भरतपुरको वडानम्वर ६ गितानगर, भरतपुर १० र भरतपुर १८ चनौलीमा कार्यालय रहनेछ । त्यस्तै माडी नगरपालिका,कालिका नगरपालिका,रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा पनि स्थानीय जनगणना कार्यालयको स्थापना हुनेछ ।

बाँकी खैरहनी नगरपालिकाको राप्ती मा कार्यालय रहने र उक्त कार्यालयले राप्ती र खैरहनी हेर्ने तथा कालिका नगरपालिकामा रहने कार्यालयले इच्छाकामना र कालिका दुवै हेर्नेछ ।

बैशाख २६ देखि जेठ १४  सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने र २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने उनको भनाई छ ।
जनगणनालाई छिटो, छरितो र विश्वासनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा,उपप्रमुख र जिलला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा चाहिँ स्थानीय जनगणना समन्वय समिति हुनेछ जहाँ सम्वन्धीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ जसको संयोजकमा सम्वन्धी वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रअ, वडाअध्यक्षले तोको वडा सदस्य, साथै महिला वडा सदस्य र वडा सचिव रहने भण्डारीको भनाई छ ।

  • प्रकाशित मिति : चैत १, २०७७, आइतवार १०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८