• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमिकस क्युरिका ४ मध्ये ३ जना विघटनको बिपक्षमा


एमिकस क्युरिका ४ मध्ये ३ जना  विघटनको बिपक्षमा

फागुन ८,२०७७

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा स्वतन्त्र राय लिनका लागि माघ १० गते संवैधानिक इजलासले एमीकस क्युरी(अदालतको सहयोगी) गठनको निर्णय लियो । इजलासले नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च बार एसोसिएनबाट दुई गरी पाँच कानुन व्यवसायीको नाम माग्यो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठन भएको ५ सदस्यीय संवैधानिक इजलास

एमिकस क्युरीले रिट निवेदकका कानुन व्यवसायी र विपक्षीका कानुन व्यवसायीको बहस र निवेदकका कानुन व्यवसायीको जवाफी बहस सकाएपछि इजलासलाई राय दिने प्रचलन छ । जसअनुसार एमिकस क्युरीले शुक्रबारसम्म राय दिएसँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथिको बहस सकिएको छ ।

प्रतिनिधिसभा विघटन संवैधानिक हो कि असंवैधानिक भन्नेमा समाजसँगै एमिकस क्युरीमा पनि फरक(फरक मत रहे । माघ ४ गतेदेखि रिट निवेदक र विपक्षीका कानुन व्यवसायीका बहस सुनेको एमिकस क्युरी संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था छ कि छैन रु प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले अन्तरनिहीत, विशेष वा अविशिष्ट अधिकार दिएको छ कि छैन रु र, प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले दाबी गरेजस्तो राजनीतिक हो कि न्यायिक निरुपणको विषय हो रु भन्नेमा एकमत हुन सकेन ।

एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली थिए भने सर्वोच्च अदालत बारको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठक संग्रौला थिए ।

प्रतिनिधिसभा विघटन सही कि गलत भन्नेमा एमिकस क्युरीमा ४ र १ भएर राय व्यक्त भएको छ । चार एमिकस क्युरीका सदस्यले प्रतिनिधिसभा विघटन गर्नु गलत भनेका छन् भने एक सदस्यले मात्रै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानु सही भन्दै राय व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्नु सही भन्ने एमिकस क्युरी हुन् वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले दिएको तर्क राखेका थिए । इजलासलाई बुधबार र बिहीबार राय दिएका उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने उत्तम निर्णय लिएको बताएका थिए । पार्टीभित्र परीक्षण हुनुभन्दा जनतामा गएर प्रधानमन्त्रीको कदम परीक्षण हुनु सही हो भन्ने उनले राय दिए ।

प्रधानमन्त्रीबाट ओलीले हट्दा अहिलेको अवस्थामा नयाँ सरकारको परिकल्पना गर्ने अवस्था देखिएनु भन्दै उनले रिट निवेदन खारेज गर्न राय दिएका थिए । संविधान निर्माण गर्नेहरूमा सीप नहुँदाखेरि प्रधानमन्त्रीलाई दिनुपर्ने अधिकार प्रस्टसँग नलेखिएको भन्दै उनले सर्वोच्चले त्यो अधिकार देखाउनुपर्ने पनि तर्क गरे । संविधान लेखनका क्रममा ड्राफ्टिङ स्किल नहुँदाखेरि लेख्नुपर्ने कुराहरू सम्बन्धित ठाउँमा लेखेनौं, उनको तर्क थियो । जब पार्टीभित्र जन्जाल, समस्या उत्पन्न हुन्छ काममा बाधा नआओस् भन्नका लागि विघटन गर्ने हो, पार्टीभित्र चलेको विवादमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जवाफ दिएको उनको भनाइ थियो । संविधानको कुन धाराले त्यस्तो अधिकार दिएको छ भन्ने कुरामा भने उनले माथि भनेजस्तै अवशिष्ट र विशेषअधिकार रहेको त्यो अधिकार संविधानको मस्यौदा गर्नेमा सीप नभएकाले प्रष्टसँग नलेखिएको तर्क गरे ।

त्यस्तै, उनले वितगमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीदेखि लिएर शेरबहादुर देउवासम्मले पार्टीभित्रको विवादका कारण नै संसद् विघटन गरेको स्मरण गरेका थिए ।प्रतिनिधिसभा विघटन गर्ने राजनीतिक निर्णय रहेको पनि मैनालीको राय थियो । उनले प्रधानमन्त्री ओलीले भनेझैं उक्त निर्णयमा न्यायीक निरुपण अदालतले गर्न नहुने सुझाए । त्यस्तै, वैकल्पिक सरकार गठनको सम्भावना छ कि छैन भनेर अदालतले हेर्नुपर्ने पनि उनको आग्रह थियो । प्रधानमन्त्रीबाट ओलीले हट्दाखेरि प्रतिनिधिसभाले अर्को सरकार गठन गर्न नसक्ने भएकाले विघटन आवश्यकताको सिद्धान्त अनुरुप हुनजाने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा असंवैधानिक भएको बाँकी चार एमिकस क्युरीको राय आएको छ ।

प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले संविधानको धारा ८५ लाई स्वतन्त्र रूपमा लिएर गरेको वरिष्ठ अधिवक्ता गीता पाठकको भनाइ थियो । प्रधानमन्त्रीले त्यहाँनेर गलत आधार लिएको उनले बताइन् । यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछु लेखिएको संविधानको धारा ८५ स्वतन्त्र हो कि होइन भनेर प्रधानन्यायाधीश र न्यायाधीशहरूले बारम्बार सोधिरहेको प्रश्नको जवाफमा उनको राय थियो, संविधानको धारा ८५ स्वतन्त्र धारा होइन । प्रधानमन्त्री ओली संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको बहुमतको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गर्न सक्नुहुन्न ।ु

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्रप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने व्यवस्था ओलीले प्रयोग गर्न नसक्ने पाठकको राय थियो ।

प्रधानमन्त्रीको कदमको रक्षा गर्न बहसमा आएका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले संविधान बिरामी परेको भनाइको पनि पाठकले जवाफ दिएकी थिइन् ।

एमिकस क्युरीको तर्फबाट राय व्यक्त गर्न सुरुवात गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पार्टीभित्रको झगडालाई आधार मानेर प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री ओलीको बदनियत र असंवैधानिक काम गरेको बताएका थिए । पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड र असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन, उनको भनाइ थियो ।

संविधानले प्रतिनिधिसभा विघटनको सिद्धान्त स्वीकार गरेको भएपनि ओलीले जुन आधार देखाएर विघटन गरेका छन् त्यो असंवैधानिक रहेकोमा आफू प्रस्ट रहेको कार्कीको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले भनेजस्तो राजनीतिक प्रश्न नभएको बताए । उनले यस मुद्दामा हरेक जनताको चासो रहेको पनि भनाइ राखेका थिए । कुन सही हो र कुन होइन भन्ने कुरा जनतालाई पनि थाहा भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको लिखित जवाफ, सरकारी वकिल र प्रधानमन्त्रीका निजी वकिलको प्रतिनिधिसभा पुनःस्थापना भएमा अर्को प्रधानमन्त्री निर्वाचित हुन सक्दैन भन्ने बारम्बारको दाबीमा इजलास जान नहुने खरेलको आग्रह थियो । उनले संसद् पुनःस्थापना भएमा अर्को प्रधानमन्त्री बन्छ कि बन्दैन भन्ने राजनीतिक विषय होु भन्दै त्यसबारे संसद्लाई नै निर्णय गर्न दिनुपर्ने सुझाएका थिए ।

वर्तमान संविधानका कुनै पनि धाराले निशर्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार प्रदान नगरेको, प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अवशिष्ट, अन्तरनिहित र विशेषाधिकार नरहेको तथा संसद् विघटन कार्यकारी विषय नभई संवैधानिक रहेको उनको राय थियो । संसदीय व्यवस्था हुने बित्तिकै विघटनको अधिकार प्रधानमन्त्रीमा हुन्छ भनिएको छ । लिखित जवाफमा पनि त्यही देखिन्छ , उनले नेपालमा संवैधानिक सर्वोच्चताको व्यवस्था मानिएको तर्क गरे ।

प्रतिनिधिसभा पुनःस्थापना भए प्रधानमन्त्रीको दाबी सही नभएको खरेलको भनाइ थियो । उनले इजलासलाई राय दिएका थिए, संसद् पुनःस्थापनाको विकल्प छैन । होइन भने यो प्रणाली ध्वस्त हुने संघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्ने लागेको छ भने विघटन सदर गरिदिँदा हुन्छ । विकल्प श्रिमानहरूको सामू छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पाँचौ एमिकस क्युरी पूर्णमान शाक्यले लिखित संविधान रहेको मुलुकमा राज्यका कुनै पनि पदाधिकारीमा असीमित अधिकार नहुने तर्क राखेका थिए । उनले संसदीय व्यवस्थाको जननी बेलायतमा त राजालाई प्राप्त असीमित अधिकार जनताले खोसेर आफ्ना प्रतिनिधि रहेको संस्था संसदलाई दिएको भन्दै नेपालमा पनि त्यस्तो असीमित अधिकार प्रधानमन्त्रीमा नरहेको बताए ।

संसद्को कार्यकाल असीमित नरहेको र उक्त संस्था ५ वर्षमा पुनः निर्वाचित भएर आउनुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै वरिष्ठ अधिवक्ता शाक्यले प्रतिनिधिसभा विघटनका लागि संविधानमा लेखिएका शर्त पूरा भए कि भएनन् भन्ने अदालतले हेर्नुपर्ने राय दिए ।

प्रतिनिधिसभा विघटन गर्नका लागि प्रधानमन्त्रीलाई संविधानले विशेषाधिकार, अन्तरनिहित अधिकार र अवशिष्ट अधिकार नदिएको शाक्यले पनि दोहोर्‍याए । उनले भनेका थिए, लिखित संविधानमा लिमिटेड अधिकार हुन्छ अनलिमिटेड हुन्न । सीमा नाघ्यो कि नाघेन भन्ने हेर्नुपर्ने हुन्छ । अहिलेको संविधान हेर्दा कसैलाई पनि अन्तरनिहित शक्ति प्रयोग गर्ने अधिकार दिएको छैन । अन्तरनिहीत अधिकारको क्षेत्र नै छैन । राजाको अधिकार जनतामा आइसकेपछि जनताले संविधानसभामार्फत लिखित अधिकार कसले कति प्रयोग गर्ने भन्ने लेखिएको हुनाले अन्तरनिहित अधिकार हुन सक्दैन ।

कस्तो शासन प्रणाली हुन्छ भन्ने संविधानको धारा ७४ लाई देखाएर अन्तरनिहित रहेको भन्ने प्रधानमन्त्रीका कानुन व्यवसायीहरूको तर्क सही नभएको पनि उनले बताए ।

यसरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुझाव दिनका लागि गठन गरिएको एमिकस क्युरीका पाँचमध्ये चार सदस्यले प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाले विघटन भएको प्रतिनिधिसभा असंवैधानिक भनेका छन् भने एक सदस्यले ठीक भनेर संवैधानिक इजलासलाई राय दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेसम्म बहसमा सहभागी भएका कानुन व्यवसायीलाई बहस नोट बुझाउन समय दिएका छन् । मुद्दा भने आगामी मंगलबार पेसी तोक्ने गरी हेर्दाहेर्दैुमा राखेका छन् ।(कान्तिपुमा समाचार छ)

  • प्रकाशित मिति : फागुन ७, २०७७, शुक्रवार २२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८