• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आयोगमाथि दुबै समुहको दबाब बढ्दै

  • खबरदाता

आयोगमाथि दुबै समुहको दबाब बढ्दै

माघ २९,२०७७

पछील्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन सम्बन्धि परामर्शको लागि भन्दै निर्वाचन आयोग गएपछी नेकपाको दाहाल( नेपाल समुहमा तरङ्ग पैदा भएकि छ।

राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफुनै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् ।

नेकपाको दाहाल- नेपाल पक्षले आफ्नो पक्षनै आधिकारिक रहेको दाबी गर्दै नेकपाको मुल धार भन्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफुहरुनै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् ।

नेकपाका दाहाल ( नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्षनैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्षनै आधिकारिक रहेको जिकिर गर्दै सो समुहका दाहाल , नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनिहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरूनै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै गरेका थिए ।

मंगलबार आयोग पुगेर प्रधानमन्त्री ओलीले मनौवैज्ञानिक रुपमा आयोगलाई दबाब दिएका छन।उनले त पार्टी दुइटा पक्षमा विभाजित भएको कुरालाई अस्वीकार गर्दै २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफँ रहेको र पार्टीमा कुनै परिवर्तन नआएको आयुक्तसँग दबाब सहितको दाबी गरे।

पार्टी अध्यक्षको निर्देशनमा महासचिवले मात्र बैठक बोलाउन सक्ने भएकाले अरू कसैले गरेको बैठक र त्यसले गरेको निर्णयको कुनै अर्थ नरहेको प्रधानमन्त्रीले आयोगमा बताएका थिए। सैबीच बुधबार राजधानीमा आयोजित दाहाल-नेपाल पक्षको सभामा प्रधानमन्त्री ओली आयोग पुगेको घटनालाई लिएर आयोगलाई धम्क्याएको आरोप लगाइए । सो अवसरमा नेता माधवकुमार नेपालले पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले त्यसमा पनि शंका छ भने ४ सय ४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने पुग्ने बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिह्नबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ भनेर प्रस्ट लेखिएकोले नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।‘नेकपाको आधिकारिकताको विवादलाई लिएर आयोगतर्फ दुवै पक्षले दबाब बढाउँदै लगेका छन् । त्यसैले राजनीतिक दलसम्बन्धी २०७३ अनुसार तथ्य, प्रमाणको आधारमा कसैको पक्ष नलिईकन आयोगले यो विवाद चाँडो टुग्याउनुपर्दछ

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार ०२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८