• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

खतिवडालाई पर्दा पछाडी राखेर अर्थमन्त्रालय आफै चलाउने दाउमा ओली

  • संबाददाता

खतिवडालाई पर्दा पछाडी राखेर अर्थमन्त्रालय आफै चलाउने दाउमा ओली

भाद्र–२१, २०७७

काठमाडौँ–अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामा स्विकृत भएसँगै अब नयाँ अर्थमन्त्रीको बन्ला भन्ने आर्थिक क्षेत्रमा चर्चा सुरुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिएका हुन् । तर्सथ सबैको अनुमान अब बामदेव गौतम अर्थमन्त्री बन्छन् भन्ने छ र उनले उपप्रधान सहित अर्थमन्त्रीको पद दावी समेत गरेका छन् ।

नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेको भएता पनी सिफारिस भने गरिसकेको छैन । हाललाई प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय आफै मातहत राखेका छन् । साथै बजारमा खतिवडालाई ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाउने कुरा बाहिर आएसँगै कतै ओलीले अदृष्य रुपमा खतिवडा मार्फत नै देशको अर्थतन्त्र हाक्न खोजेका त हैनन् भन्ने आशंका उत्पन्न भएको छ ।

यो बाहेक खतिवडाको बहिर्गमन सँग अर्थमन्त्रीबन्ने दौडमा नेकपाका करिब आधा दर्जन नेता देखिएका छन् ।

अगिल्लो मन्त्रिपरिषदको बैठकमा ‌ओलीले मन्त्रिपरिषद हेरफेर नहुने भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न आश्वस्त पारेका थिए । तर बालुवाटार स्रोतले भने दुइ चार दिनमा नै मन्त्रीमण्डल पुर्नगठन हुने निश्चित भएको वर्णन मिडियालाई बताएको छ । स्रोतले भन्यो बामदेव कामरे‍ड राष्ट्रियसभामा सिफारिस भएलगतै मन्त्रीमण्डल पुर्नगठनको कार्य अगाडी बढाउने प्रधानमन्त्री ज्युको तयारी छ ।

प्रधानमन्त्री केपी ओलीले बामदेवलाई राष्ट्रियसभामा लगे पनि अर्थमन्त्री बनाउने सम्भावना भने एकदमै न्युन रहेको जानकारहरुले बताएकाछन् ।

अर्थमन्त्रालयका एक स्रोतका अनुसार अर्थमन्त्रालय खतिवडालेनै पर्दा पछाडीबाट चलाउने तयारी रहेको बताएका छन् । स्रोतले भने अर्थमन्त्रालय प्रम केपी ओलीले नै चलाउनु हुनेछ, त्यसका लागी पुर्व अर्थमन्त्री खतिवडालाइ छिटै प्रधानमन्त्री ज्युको आर्थिक सल्लाहकारमा नियुक्त्त गरीदैछू, ।

यो बाहेक अबस्था पेचिलो बनेमा नेकपामा पूर्व अर्थमन्त्री र पार्टीका महासचिव बिष्णु पौडेल तथा सुरेन्द्र पाण्डेलाइ पनी विकल्पको रुपमा ओलिले राखेको बुझिएको छ ।

दाउ हेरेर बसेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनी आफु निकट नेता जर्नादन शर्मालाई अर्थमन्त्रीको बनाउने योजना बुनेर बसेका छन् ।

उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा हुने आगमन पछीको नेकपाको समिकरणले अर्थमन्त्री कसले मार्छ भन्ने निर्धारण गर्ने छ । (वर्णन)

  • प्रकाशित मिति : भदौ २१, २०७७, आइतवार १०:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८