• साउन ३०, २०८३, शनिवार Saturday, 15 August, 2026

कस्तो रहला तपाईको आज ? हेर्नुहोस राशिफल

  • खबरदाता

कस्तो रहला तपाईको आज ? हेर्नुहोस राशिफल

२०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६ अगष्ट १४ तारिख। साउन शुक्ल पक्षको द्वितीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन सामान्य राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पठनपाठनमा रुची बढ्नेछ । आफन्तबाट धोका हुने जोखिम छ।

वृष – आज जोगिएर काम गर्नुपर्ने दिन छ । शरीरमा रोग बढ्नेछ । असहयोग गर्नेहरु बढ्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन – दिन राम्रो छ । मानसम्मान प्राप्त हुने दिन छ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । रोगबाट मुक्त हुने योग छ । आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।

कर्कट -धनलक्ष्मी योग परेको छ । आज आम्दानीका स्रोत भेटिनेछन् । मिष्ठान्न भोजन मिल्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

सिंह – दिन सामान्य छ । आज खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिने भएकाले ख्याल गर्नुपर्ने छ । संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । एकल लगानी नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास सफल रहनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

कन्या – आज काम बन्ने दिन छ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

तुला – परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ ।

वृश्चिक – तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । अवसरलाई सदुपयोग गर्दा फाइदा हुनेछ । एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ ।

धनु – दिन सामान्य छ । पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ । दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

मकर – नयाँ खबर सुन्न पाइनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । परीक्षाको प्रतिक्षामा भए नतिजा आफ्नो पक्षमा आउनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ ।

कुम्भ स्दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ । बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ ।

मीन- दिन राम्रो छ । आम्दानी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

  • प्रकाशित मिति : साउन २९, २०८३, शुक्रवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८