• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ–कहाँ पर्छ पानी ?

  • खबरदाता

कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ–कहाँ पर्छ पानी ?

देशका केही स्थानमा आज  वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

राति, कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

  • प्रकाशित मिति : चैत २६, २०८२, बिहीवार ०६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८