• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार सन् २०२६ जनवरी १४ तारिख । माघ कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष – धनलक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन – बोल्दा धेरै पटक सोच्नुपर्नेछ । तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन् । अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ । जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कर्कट – स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ ।

सिंह – शत्रु बढ्नेछन् । आज खर्च बढ्नाले मन अशान्त बन्नेछ । लामो यात्रामा ननिस्कनु उचित हुनेछ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ ।

कन्या – आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । पारिवारिक मेलमिलाप हुनेछ ।

तुला – तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ । स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक – दिन राम्रो छ । ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ । स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

धनु – समय सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।

मकर – आज साथीले असहयोग गर्नेछन् । ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ । आलस्यता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

कुम्भ – धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ । शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ ।

मीन – दिन राम्रो छ । स्वदेशमै सेवाको अवसर मिल्नेछ । समाजसेवामा समय बिताउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग परेको छ ।

  • प्रकाशित मिति : पुस ३०, २०८२, बुधवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८