• असार ५, २०८३, शुक्रवार Friday, 19 June, 2026

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार सन् २०२६ जनवरी ११ तारिख । माघ कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । राष्ट्रिय एकता दिवस । पृथ्वी जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – व्यापारमा लाभ हुनेछ । पुरानो लगानीबाट धन प्राप्त हुनेछ । सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष – सोचेको काम नबन्ने जोखिम छ । खर्च बढ्नेछ । अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ । प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुन – सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ । परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सहज बन्ने योग छ ।

कर्कट – दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ । परिवारसँगको घुमघामले खर्च बढ्नेछ । गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ । परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ ।

सिंह – शान्त भएर काम गरेमा दिन सहज बन्नेछ । काम गर्दा धैर्यता आवश्यक हुन्छ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कन्या – आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ ।

तुला – आफ्नो माया गर्नुपर्ने समय आएको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक – घरभित्र बस्दा मन शान्त बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

धनु – स्वास्थ्यले साथ दिनेछ । राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मकर – दिन सहज छ । सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ । सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

कुम्भ – साना कुराले मन उत्साही हुनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ । दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ । विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ ।

मीन – सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्ने समय छ । व्यापारमा गरेको लगानी बढ्नेछ । लगानी विस्तार हुँदा मन शान्त बन्नेछ । सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

  • प्रकाशित मिति : पुस २७, २०८२, आइतवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८