• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल पुस २० गते आइतबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस २० गते आइतबारको राशिफल

आज २०८२ साल पुस २० गते आइतबार तदनुसार सन् २०२६ जनवरी ४ तारिख । माघ कृष्ण पक्षको प्रतिपदा तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ ।

वृष – दिन सामान्य छ । तपाईंको बोलीले अप्ठेरो पार्ने अवस्था छ । शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ । आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ ।

मिथुन – दिन राम्रो छ । शान्त भएर बस्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट – दैनिकी धेरै राम्रो छ । दैनिक काम सहज बन्नेछन्। स्वास्थ्यमा सुधार हुने छ । रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंह – धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

कन्या – दिन सामान्य छ । लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ । परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुनेछ ।

तुला – दिन राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा मिमिनेतको फल प्राप्त हुनेछ । व्यापारमा उन्नति होला ।

वृश्चिक – शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

धनु – गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ । बौद्धिक व्यक्तिसँगको सहकार्यमा फाइदा होला ।

मकर – दिन राम्रो छ । सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ । खर्च बढ्ने जोखिम छ । इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ – दिन राम्रो छ । व्यापारमा उन्नति हुने योग छ । हरेक काममा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

मीन – दैनिक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । जटिल ठानेका काम सहजै बन्नेछन् । सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो छ । काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ ।

  • प्रकाशित मिति : पुस २०, २०८२, आइतवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८