• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख । पौष शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ ।

वृष – उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछ । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन – शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ । परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

कर्कट – सञ्चित धन खर्च हुनेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

सिंह – आफन्तले घेराबन्दी गर्ने जोखिम छ । आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ । दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।

कन्या- दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ । लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला – शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आज काम नबने पनि मिहिनेतको फल प्राप्त हुनेछ । मन शान्त बन्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिक – साथीभाइसँगको भेटले मन खुसी हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ ।

धनु – दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दैनिक काम भन्दा ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ । उपचारमा भए लाभ प्राप्त हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा मनमा शान्ति मिल्नेछ ।

मकर – मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ । एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रियजनबाट धोका हुने जोखिम रहेको छ । मिहिनेतको फल मिल्ने छ ।

कुम्भ – भाग्यले साथ दिनेछ । मनमा शान्ति मिल्नेछ । साथीको सााथमा महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।

मीन- दिन राम्रो छ । सोचेका काम बन्नेछन् । बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ । साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन् । परिवार भित्र सुख र शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

  • प्रकाशित मिति : पुस १२, २०८२, शनिवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८