• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।-ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष – दिन सामान्य छ। मिल्ने साथीले असहयोग गर्ने जोखिम छ। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मिथुन – दिन राम्रो छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कर्कट- दिन सामान्य छ। साथीबाट असहयोग हुनसक्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

सिंह – दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

कन्या – दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि लाग्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

तुला – दिन राम्रो छ। आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

वृश्चिक – दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

धनु – समझदारीमा काम गर्नुपर्ने छ । तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

मकर – दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ – दिन राम्रो छ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

मीन – दिन सामान्य छ। काम गर्दा सचेत भएर गर्नुपर्ने देखिन्छ । सञ्चित धन खर्च हुनेछ । परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा होला ।

  • प्रकाशित मिति : मंसिर १२, २०८२, शुक्रवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८